

दैलेख ९, कात्तिक ।
कात्तिक ५ गते नेकपा दैलेखका जिल्ला अध्यक्ष, पार्टी सचिव लगायत केही प्रदेश समिति सदस्य र जिल्ला कमिटी सदस्यहरुको उपस्थितीमा दैलेखका ९० वटै वडामा एकता टुँगो लागेको भन्दै नाम सहित उच्चारण भयो । पत्रकार सम्मेलन भयो । गाउँ गाउँमा पुगेर पार्टीको जिम्मेवारी अनुसार काम गर्न भन्दै पार्टीले निर्देशन दियो । नेतृत्व प्राप्त गरेकाहरुलाई अहिलेपनि समाजिक संजालमा शुभकामना दिने लिने काम चलिरहेकै छ ।
चार दिन बित्न नपाउँदै पुनः नेकपा दैलेखका केही कार्यकर्ता, निर्वाचित सांसद र निर्वाचित स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितीमा अर्को कमिटीको घोषणा गरियो ।
अध्यक्ष र सचिवले घोषणा गरेका व्यक्तिहरु पार्टीको अपानी बिरुद्ध भएको भन्दै पहिला घोषणा सभा भएको नेकपा दैलेखको पार्टी कार्यालयमै पुगे, पार्टी कार्यालयमा यस अघिको सपथ ग्रहणको ब्यानर टाँसिएकै थियो, नेकपाका एक कार्यकताले यो त आमन्य व्यानर हो फनेर थुते अनि सुरु भयो समानान्तर कमिटी घोषणा कार्यक्रम पछिल्लो घोषणा गरिएका नेता तथा कार्यकर्ताहरु नै आधिकारीक रहेको नेताहरु पार्वती बिसुन्के, टेकबहादुर खाण र अमर थापाको दावी छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पनि यसअघिको नीति बिपरितको कार्य भएकोले यही कुरा आधिकारीक मानेर गाउँमा जान उपस्थित कार्यकर्तालाई सुझाव दिए ।
यसअघि भएको गठन पार्टीको नीति भन्दा बाहिर रहेर भएकोले आफुहरुको घोषणा आधिकारीक रहेको र पार्टीलाई कमजोर पार्ने काम भएपछि आफुहरुले यसको खवरदारी गरेको दोस्रो घोषणामा उपस्थिती भएका प्रदेश सभा सदस्य अमर बहादुर थापाको भनाई छ ।
केन्द्र र प्रदेश सभाको निर्वाचन समन्वय कमिटिको अध्यक्ष, सचिव र स्थानीय ११ वटा तहका अध्यक्ष र सचिवको आधिकारीक घोषणाको नामा सुनाउँदै प्रदेश सभा सदस्य अमरबहादुर थापाले १५ गते सम्म पार्टीले सहमतीको प्रयास नगरे ९० वटै वडा कमिटी सम्म आधिकारीक कमिटी निर्माण गर्ने र बृहत भेला गरेर जानकारी गराउने बताए ।
समानान्तरमा पूर्व माओवादीको उपस्थिती भएन

अहिले गरिएको समानान्तर कमिटीमा पार्टीले अपानी जारी गरेकै आधारमा पर्नुपर्ने पूर्व माओवादीहरुको नाम पनि घोषणा गरिएको छ तर घोषणा गरिएका पूर्व माओवादीहरु भने कार्यक्रममा उपस्थिती थिएनन् , नेकपा जिल्ला कमिटी सदस्य पूर्व माओवादीका नेता छबी सुवेदी कार्यक्रममा उपस्थिती भए केही समय एकताको बिषयमा देखिएका समस्याहरुका बारेमा बोले र पुनः बाहिरिएका थिए ।
एकताको बिषयमा मनोबिज्ञानलाई ख्याल गरेर बैज्ञानिक हिसावले सवैलाई सन्तुष्ट पारेर लिनुपर्ने बताए, घरभित्रको झगडा बाहिर अरुले सुन्नेगरी र अरु हाँस्नेगरि यो बिषय बाहिर लिन नहुने भन्दै सुझाव दिएका छन् । पुराना कमिटीहरु के के थिए, कता कता थिए भन्ने बिषय अहिलेको एकतामा आउनुपर्ने बताउँदै आफु कम्यूनिष्ट पार्टीको सदस्य भएकोले समानान्तर कमिटी बन्नुपर्छ र बनाउनुपर्छ भन्नेमा पक्षमा नभएको बताए ।
यस्तो छ समानान्तर कमिटीको नामावली
निर्वाचन क्षेत्र समन्वय कमिटी अन्तरगत निर्वाचन क्षेत्र नं. १ मा अध्यक्ष तेजबहादुर चन्द र सचिव ललिता रेग्मी । निर्वाचन क्षेत्र नं. १ (क) मा दानबहादुर थापा र सचिव पद्मा शाही । १ ( ख) मा कर्णबहादुर चन्द र जगतबहादुर हमाल
निर्वाचन क्षेत्र नं. २ मा सूर्यबहादुर शाही सचिव उपेन्द्र रावत । निर्वाचन क्षेत्र नं. २ (क) मा हिक्मत बि.क. सचिव ऐनबहादुर कठायत । २ (ख)मा अध्यक्ष बखतबहादुर भण्डारी सचिव हर्कबहादुर शाही रहेका छन् ।
यसअघि घोषणा भएको कमिटीमा पनि कतिपय व्यक्तिहरु दोहोरिएका छन् । यसअघि र अहिलेको बिश्लेषण गर्ने हो भने पूर्व नेकपा एमालेको गुटमा कुरा नमिलेका कारण र आफ्नो गुटका मानिसहरु छुटेको दवाव सँगै पार्टी अपानी लगाएपछि आफ्नो पक्षमा नेताहरु बढी पर्छन भन्ने जोड घाटाउले धेरै काम गरेको बिश्लेषण गर्न सकिन्छ ।

यसअघिको घोषणा नामावली
निर्वाचन क्षेत्र नं. १ को अध्यक्ष तेजबहादुर चन्द, सचिव ललिता रेग्मी समानान्तरमा पनि परेका छन् । निर्वाचन क्षेत्र नं. २ को कुमार बिक्रम शाही अध्यक्ष सचिव उपेन्द्रकुमार रावत रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ क मा अध्यक्ष कर्णबहादुर खड्का, सचिवमा पद्मा शाही, ख मा अध्यक्ष कर्णबहादुर चन्द, सचिव लिलबहादुर राम्जाली । निर्वाचन क्षेत्र नं. २ (क) मा अध्यक्ष गंगाराम दाहाल सचिव ऐनबहादुर कठायत (ख) मा अध्यक्ष बखत बहादुर भण्डारी र सचिव अमरबहादुर माझि रहेको भन्दै पार्टी अध्यक्ष र सचिवले घोषणा गरेका थिए ।
दैलेखका बिभिन्न स्थानीय तहहरुमा पनि पहिला गरिएका केही पदाधिकारीहरु दोहोरीएको भएपनि ११ तहका धेरै स्थानहरुमा नयाँ व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ ।
समानान्तर ११ तहको पालिका कमिटीमा रहेकाहरुको नामावली यसप्रकार रहेको छ ।

नारायण नगरकमिटीमा अध्यक्ष गोपाल नेपाली सचिव ताराकेशर धमला राखिएको छ । गुराँसमा पशुपति शर्मा र वीरबहादुर शाही, डुगेश्वरमा श्याम राना र मानबहादुर बिष्ट, भगवतीमाई गाउँपालिकामा कृष्णबहादुर शाही र नरेन्द्रबहादुर शाही, नौमूलेमा पदम गिरी र भिमबहादुर गुरुगं, महावुमा नमराज शाही र डम्बरबहादुर तारामी, दुल्लूमा हंसबहादुर खड्का र बरुनाथ योगी, भैरवीमा प्रेमबहादुर बुढा र मणिराम विष्ट, चामुण्डाबिन्द्रासैनिमा रंगबहादुर तामाँग र रामबहादुर कार्की, ठाँटीकाँधमा उमेशकुमार रावत र धीरबहादुर शाही, आठबीसमा ओमजंग शाही र सिंहराज शाही रहेका छन् ।
यस अघि गरिएको घोषणामा हरेक पालिका स्तरमा ईन्चार्ज र सहईन्चार्ज र अध्यक्ष र सचिवको घोषणा गरिएको थियो ।
यसअघि गरिएको घोषणामा तपसिलका व्यक्तिहरु ११ तहको पालिकास्तरमा रहेका थिए ।
नारायण नगर ईन्चार्जमा ताराकेशर धमला सह ईन्चार्ज तप्ताकुमारी थापा अध्यक्षमा लोमन शर्मा सचिवमा नन्दाराम रेग्मी रहेका थिए । गुँरासमा अध्यक्ष पशुपति शर्मा र सचिवमा बिर बहादुर शाही थिए उनिहरु अहिलेपनि छन् । डुगेश्वरमा पनि श्याम राना र मानबहादुर बिष्टकै नाम छ । भगवतीमाई गाउँपालिकामा अध्यक्ष मानबहादुर खड्का र सचिव गणेश खड्का रहेका थिए ।
नौमूले गाउँपालिकामा अध्यक्षमा पदमबहादुर गिरी र सचिवमा शशिराम बि.क, महावुमा नमराज शाही र मिनबहादुर बुढा, दुल्लूमा हंसबहादुर खड्का र बरुनाथ योगी, भैरवीमा प्रेमबहादुर बुढा र मणिराम विष्ट, चामुण्डाबिन्द्रासैनिमा रविन्द्र शाही र रामबहादुर कार्की, ठाँटीकाँधमा उमेशकुमार रावत र लालबहादुर शाही, आठवीसमा ओमजंग शाही र सिंहराज शाही रहेका थिए ।
पार्टीको विद्यानअनुसार हुनुपर्ने जिम्मेवारी अनुसार कतिपय स्थानमा दिईएको नेतृत्वमा आफुहरुको बिरोध नभएको र अहिले उल्लेख गरिएको नाममा नीति अनुसार गरिएका घोषणाहरु आफुहरु सवैलाई मान्य भएको र कतिपय स्थानमा नीति भन्दा बाहिर गएर गरिएका नामहरुको घोषणा नमानेर आफुहरुले नीति अनुसार जिम्मेवारी पाउनुपर्ने नेताहरुमा नाम राखिएको नेकपा प्रदेश किमिटी सदस्य अमरबहादुर थापाको भनाई छ ।
पार्टी अध्यक्ष रविन्द्रराज शर्माले सवैसँग छलफल गरेर जिम्मेवारी दिईएको प्रतिक्रिया अघिल्लो घोषणामा दिईसकेका थिए ।
यस्तो थियो उपस्थिती ः समानान्तर कमिटी घोषणाको उपस्थिती प्रदेश सदस्य टेकबहादुर खाणको अध्यक्षतामा कात्तिक ७ गते बसेको बैठकले बिभिन्न निर्णय गरियो भनिएको थियो । तर कात्तिक ९ गते आएका पार्टीका कार्यकर्ताहरुको उपस्थिती उठाईएको थियो ।




एकतामै खतरा हुने अवस्था
भर्खरै एकताको प्रक्रियामा आएको नेकपा दैलेखमा समानान्तर कमिटी निर्माण गरिनुले भविष्यमा खतरा उत्पन्न हुन सक्ने बिश्लेषण नेताहरुले गरेका छन् ।
छलफल र बहस गरेर टुँगोमा पुग्नुपर्ने बिषयलाई एकाएक बाहिर ल्याउन नहुने भन्दै समानान्तर कार्यले दैलेख नेकपाको एकतामै खतरा उत्पन्न हुने र आगामी निर्वाचनमासमेत यसले समस्या हुने प्रतिक्रिया नेताहरुले दिएका छन् ।
नेकपाका प्रदेश कमिटी सदस्य सुर्यबहादुर शाहीले पार्टीको बिधि अनुसार यस अघि नाम घोषणा गरिएका बिषयहरुलाई ओझेल पार्दै आफ्नो समेत नाम जोडेर नयाँ बनेको कमिटीमा नाम हालिएको प्रति असहमती जनाउँदै सडकको हल्लाको पछाडी नलाग्न पार्टीले आधिकारीक रुपमा यसअघि गरेको निर्णय कार्यान्वयन गरेर जान कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेताहरुको यस्तो छ प्रतिक्रियाः




#नेकपा विवाद दैलेख











